आयोजक सहारा फाइनलमा

आयोजक सहारा फाइनलमा

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

 पोखरा, १२ माघ । पोखरा रङ्गशालामा सञ्चालित पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ ।
सहाराले ४–३ गोलको अन्तरले विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको हो ।
निर्धारित एवम् अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेला ट्राइबेकर धकेलिएको थियो । सहारा क्लव पोखराका तर्पmबाट सुसन गुरुङ, शिव सुवेदी, प्रदीप गुरुङ र कप्तान उत्तम गुरुङले गोल गरेका थिए भने लक्ष्मण जिसीले प्रहार गरेको पेनाल्टी आर्मीका गोलरक्षक विकास कुथुले छेकेका थिए ।
प्रतियोगतामा त्रिभुवन आर्मी क्लवका तर्पmबाट जितेन्द्र कार्की, सन्तोष तामाङ र दीपकुमार लामा गोल गर्न सफल भए । दीपक गुरुङ र गोलरक्षक विकास कुथुले गोल गर्न नसकेपछि आर्मीले हार बेहोर्न बाध्य भयो ।    भोलि दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङदी क्लव र सङ्कटा क्लवबीच हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी