काठमाडौं, माघ १२ । भारतले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई दोस्रोपटक नाप्ने भएको छ ।
भारतले २०७२ साल वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाईमा परिवर्तन भएको छ /छैन भन्ने पत्ता लगाउन उचाई नाप्न लागेको बताइएको छ ।
भारतीय एक टोलीले दुई महिनाभित्र सगरमाथाको उचाई नाप्ने जनाएको छ ।
सेटेलाइट डाटाहरुले भूकम्पका कारण सगरमाथाको उचाई घटेको देखाइको वैज्ञानिकहरु बताइन्छ । ६२ वर्षअघि भारतीय सर्भेले पहिलोपटक ८ हजार ८ सय ४८ मिटर अग्गो सगरमाथाको उचाई नापेको थियो ।
भारतीय सर्वेक्षण संस्थाका प्रमुख स्वर्ण सुब्बा रावले भूकम्पले सगरमाथाको उचाई घटाएको बारे वैज्ञानिकहरुबीच रहेको द्विविधि निक्र्यौल गर्न टोली पठाइने बताउनु भएको छ । काम सुरु गरेको डेढ महिनामा सगरमाथाको उचाईबारे तथ्यांक सार्वजनिक हुने जनाईएको छ ।
सगरमाथाको उचाई चाप्न नेपालले फनि अनुमती दिएको जनाईएको छ । (एजेन्सी)