प्रेमीसित छुटाउन खोज्दा प्रहरी कार्यालयमै प्रेमिकाले गरिन् विष सेवन

प्रेमीसित छुटाउन खोज्दा प्रहरी कार्यालयमै प्रेमिकाले गरिन् विष सेवन

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

सप्तरी , १२ माघ ।
सप्तरीमा एक किशोरीले आफूले प्रेम गरेका युवकसित छुटाएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरी भित्रै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१० की १७ वर्षीय ती किशोरीले आफ्नो लामो समयदेखिको प्रेम सम्बन्ध छुटाउन लागेको भन्दै विष सेवन गरेपछि गम्भिर उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल असपतालमा उपचार हुन नसकेपछि धरान लगिएको जिल्ला प्रहरी कार्यालयका निरिक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

लामो समयदेखि प्रेम सम्बन्ध रहेका स्थानिय १८ वर्षीय युवकसित एकसाता अघि भागेपछि खोजी गरि परिवारले सोमबार राजधानीबाट उनलाई राजविराज लगेका थिए ।

मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा दुवैका अभिभावकलाई राखेर छलफल गरी उमेर नपुगेकाले दुवैलाई अभिभावकको जिम्मा लगाउने बितिकै किशोरीले पिसाब लागेको भन्दै प्रहरी कार्यालयको शौचालयमा गएर नाम खुल्न नसकेको विष सेवन गरेकी थिइन् । उक्त विष उनले प्रहरी कार्यालय प्रवेश गर्दा सँगै ल्याएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ