फागुनमा विशेष पोलियो खोप अभियान हुने

फागुनमा विशेष पोलियो खोप अभियान हुने

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काठमाडौ १२ माघ ।  

पोलियो उन्मुलन अभियानमा रहेको सरकारले आगामी फागुनमा मुलुकका १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ अभियान सञ्चालन गर्ने भएको छ ।

फागनु ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम रहेको बालस्वास्थ्य महाशाखा अन्तरगत खोप शाखाले जनाएको छ ।

नेपालले सन् २०१० मा पोलियो उन्मूलनको प्रमाणपत्र पाइसकेको भएपनि सार्क राष्ट अफगानिस्तान र पाकिस्तान मा अझै पोलियोको प्रभाव रहेकाले नेपालमा पनि जोखिमको महसुस गर्दै जोखिमयुक्त जिल्ला छनोट गरी कार्यक्रम सन्चालन गर्न लागिएको हो ।

नेपालले विश्व स्वास्थ्य सङ्गठनबाट सन् २०१४ मा पोलियो रोग शून्य रहेको प्रमाणपत्र पनि प्राप्त गरेको छ । सन् २०१८ मा विश्वबाटै पोलियो रोग उन्मूलन गर्ने विशव स्वास्थ्य संगठनको लक्ष्य छ ।

महाशाखाका अनुसार सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा यो अभियान सन्चालन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी