बैतडी, १२ माघ । सहिद दशरथचन्द स्मृति १९ वर्ष मुनिको आमन्त्रण क्रिकेट प्रतियोगितामा आज योङ स्टार क्रिकेट क्लव मेलौलीले त्रिलोचन क्रिकेट क्लवसँग र जगन्नाथ क्रिकेट क्लबले त्रिपुरा क्रिकेट क्लवसँग प्रतिस्प्रर्धा गर्नेछ ।
यसअघि भएको खेलमा त्रिपुरा क्रिकेट क्लवलाई ३७ रनले पराजित गर्दै कालाशैनीले सेमिफइनलमा पुगेको छ । टस जितेर ब्याटिङ रोजेको कालाशैनीले २३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो । त्रिपुराका मुकेश मौनी एक्लैले पाँच विकेट लिए ।
१२८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेका त्रिपुराले २५ दशमलव १ ओभरमा ९० रनमा अलआउट भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline