वैदेशिक रोजगारीमा मृत्युु भएमा परिवारले रु २७ लाखसम्म पाउने

वैदेशिक रोजगारीमा मृत्युु भएमा परिवारले रु २७ लाखसम्म पाउने

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, ११ माघ । वैदेशिक रोजगारअन्तर्गत म्यादी जीवन बीमाको नयाँ व्यवस्थाअनुरुप वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले बढीमा रु २७ लाखसम्म पाउने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकारसम्मेलन गरी वैदेशिक रोजगार (म्यादी) जीवन बीमा र कल्याणकारी कोषबाट कामदारलाई दिइने रकममा वृद्धि गरिएको जानकारी दिनुभएको हो ।

यसअघि वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा उनीहरुको परिवारले रु १८ लाखसम्म मात्रै पाउँदै आएकामा सो रकममा रु नौ लाखसम्म बढोत्तरी गरिन लागिएको हो । वैदेशिक रोजगारमा गएका नेपाली कामदारको बीमा सुविधामा विस्तार गरी कामदारको स्वास्थ्य बीमातर्फ साबिकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बीमा, आयको नोक्सानीलगायतका सुविधाका अतिरिक्त मिर्गौलामा खराबी, क्यान्सरजस्ता विभिन्न १५ प्रकारका घातक रोगबापत थप रु पाँच लाख बीमाङ्क बराबरको बीमा हुुने नयाँ व्यवस्था गरिएको छ ।

यही माघ १५ गतेबाट लागू हुनेछ यो व्यवस्थापछि कामदारले सम्बन्धित बीमा कम्पनीबाट रु २० लाखसम्म बीमा रकम पाउन सक्नेछन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा वैदेशिक रोजगारमा जाने कामदारबाट उठाइएको कल्याणकारी कोषको रकमबाट कामदारको मृत्यु भएका अवस्थामा पाउँदै आएको रु तीन लाखमा वृद्धि गरी रु सात लाख लाख पु¥याउन वैदेशिक रोजगार नियमावली २०६४ संशोधनको प्रक्रियामा लगिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

बीमाबापत रु २० लाख र कल्याणकारी कोषबाट रु सात लाख गरी मृतक कामदारका परिवारले रु २७ लाखसम्म रकम पाउनेछन् । मिर्गाैला खराबी, क्यान्सर, मुटु रोग, ब्रेन ट्युमर, प्यारालाइसिस, पूर्ण अन्धोजस्ता विभिन्न १५ प्रकारका घातक रोग लागेमा तत्काल क्षतिपूर्ति पाउने गरी थप रु पाँच लाखको बीमा हुने व्यवस्था मिलाइएको हो ।

तीन महिनाभित्र मानसिक रोगलाई समेत घातक रोगको सूचीभित्र समावेश गरी क्षतिपूर्ति दिलाउने सम्बन्धमा आवश्यक गृहकार्य गर्नसमेत बीमा समितिलाई निर्देशन दिइएको प्रधानमन्त्रीले पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।

रोजगारीका क्रममा कामदारलाई घातक रोग लागी मृत्यु नभएको तर शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा बीमाबाट रु १३ लाखसम्म, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट रु तीन लाख र घातक रोगबापत रु पाँच लाख गरी कुल रु १८ लाखसम्म प्राप्त गर्ने प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

यसअघि नै बीमा गरिसकेका तर म्याद नसकिएका नागरिकले घातक रोग र बीमाको पछिल्लो व्यवस्थाबमोजिम रक्षावरणको सुुविधा लिन चाहेमा समानुुपातिक थप शुुल्क बुुझाएर लिन सकिने व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी