काठमाडौ ११ माघ ।
पोखरामा जारी १५ औं आहा रारा गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत आज भएको अन्तिम क्वाटरफाइनल खेलमा बंगलादेशी टोली नारायणगन्ज फुटवल क्लबलाई पराजित गर्दै सिएमजी क्लब सङ्कटा सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगाशालामा भएको खेलमा संकटाले नारायणगन्ज फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो । संकटाका लागि निराजन खड्का र विश्वास श्रेष्ठले एक एक गोल गरे ।
खेलपछि नारायणगन्ज फुटवल क्लबका अफिसियल म्यानेजर सैफुल इस्लामले अघिल्लो रात मात्र आफूहरू आएका कारण थकान तथा परिवर्तित वातावरणले अपेक्षित खेल्न नसकिएको धारणा राखेका छन् ।
प्रतियोगिता अन्तरगत भोलीबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुनेछ । पहिलो सेमिफाइनलमा भोली विभागिय टोली त्रिभुवन आर्मी क्लब र सहारा क्लब काठमाडौबीच प्रतिस्पर्धा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline