तीनै तहमा करिव १ हजार ७ सय ८५ कार्यको बाँडफाँड , निम्न प्रशासनिक कार्य गर्नेछन्

तीनै तहमा करिव १ हजार ७ सय ८५ कार्यको बाँडफाँड , निम्न प्रशासनिक कार्य गर्नेछन्

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ११ माघ ।
सङ्घीय संरचना अनुसार सरकारले केन्द्र, प्रदेश र स्थानिय तहको प्रशासनिक कार्यको जिम्मेवारीको बाँडफाँड तयार पारेको छ ।

मुख्य सचिव डा.सोमलाल सुवेदी अध्यक्ष रहेको सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना समन्वय समितिले संविधानमा भएको व्यवस्था बमोजिम तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी बाँडफाँड तयार पारिएको मन्त्रीपरिषद्का सचिव दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

समितिले तीनै तहमा करिव १ हजार ७ सय ८५ कार्यको बाँडफाँड गरिएको छ । जसअनुसार केन्द्रमा ८७०, प्रदेशमा ५५५ र स्थानिय तहमा ३६० प्रशासनिक कार्य रहेका छन् ।

समितिले तयार पारिएको तीनै तहको कार्यको बिश्लेषण गरि जिम्मेवारीको वाँडफाँडसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको उच्चस्तरिय सङघीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना निर्देशक समितिमा पठाईनेछ । त्यसपछि सो प्रतिवेदन मन्त्रीपरिषद् बैठकबाट अनुमोदन भई परिषद्कै पूर्वाधार समितिमा अन्तिम टुङगो लगाउन पठाइएको उहाँले बताउनुभयो ।

संविधानले तोके अनुसार नै समितिले तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी तयार पारेको र अव बस्ने निर्देशक समिति बैठकले तयार पारेको कार्यको अन्तिम टुङ्गो लगाउने उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ