ट्रम्पको आदेशपछि नेपाल आउने सहयोग कटौती, सुरक्षित गर्भपतन सम्बन्धी अनुदान रोकिने

ट्रम्पको आदेशपछि नेपाल आउने सहयोग कटौती, सुरक्षित गर्भपतन सम्बन्धी अनुदान रोकिने

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ११ माघ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सम्हाले लगत्तै सुरक्षित गर्भपतन गराउने र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिने सहयोगमाथि प्रतिवन्ध लगाउनु भएको छ ।

राष्ट्रपतिको पदभार सम्हालेको पहिलो दिन नै टम्पले गैरसरकारी संस्थाहरुलाई दिने सहयोग प्रतिबन्ध लगाएपछि यसको प्रत्यक्ष असर नेपालमाथि समेत पर्ने देखिएको छ ।

स्वास्थ्य क्षेत्रमा अमेरिका विश्वकै ठूलो दातृ निकाय हो । उसले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएस एआईडी मार्फत मात्र नेपाल लगायत अन्य देशहरुमा ३ अर्ब डलर खर्च गर्दै आएको थियो ।

राष्ट्रपति ट्रम्पको यो आदेशले सुरक्षित गर्भपतनका लागि क्रियाशील नेपाल परिवार नियोजन संघ पनि प्रभावित हुने भएको छ ।

यो निर्णयले सुरक्षित गर्भपतन सम्वन्धी कार्यका लागि आइरहेको १ करोड डलर सहायता कटौती हुने अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले जनाएको छ ।

गर्भपतनको विरोध गर्नु रिपब्लिकन पार्टीको घोषित नीति नै हो । सन् १९८५ बाट सुरु भएको यो कार्यक्रममाथि हरेक रिपब्लिकन राष्ट्रपतिले प्रतिवन्ध लगाउँदै आएका छन् ।

जर्ज डब्लू बुसले लगाएको यस्तै प्रतिवन्धलाई डेमोक्रेटिक पार्टीका राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा हटाउनु भएको थियो । अहिले ट्रम्पले आफ्नो पहिलो कार्यकारी आदेश मध्ये एक यही विषयमा जारी गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ