पोखरा घोषणापत्र जारी गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न

पोखरा घोषणापत्र जारी गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ११ माघ ।  

२० बुँदे पोखरा घोषणापत्र जारी गर्दै नेकपा एमालेको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तीन दिनसम्म चलेको भेलामा एमालेका २० जनवर्गीय संगठनका झण्डै ४ हजार प्रतिनिधि सहभागी थिए ।

भेलाले पार्टीको नीति, कार्यक्रम र सिद्धान्तप्रति प्रतिवद्ध रहने, पार्टीको संगठनात्मक सिद्धान्त अनुरुप संगठन परिचालित गर्ने, सबै जनवर्गीय संगठनहरुमा महिला, दलित, अल्पसंख्यक, मधेसी, जनजाति, मजदूर, किसान आदिको समावेशी प्रतितिनिधित्व गर्ने घोषणा गरेको छ ।

यस्तै घोषणापत्रमा जनवर्गीय संगठनहरुको बीचमा आपसी सहयोग, पार्टीको सातौं केन्द्रीय बैठकले जारी गरेको विशेष प्रस्तावको समर्थन गर्ने, औपचारिक कार्यक्रमलाई तडकभडक नबनाउने, जातीय छुवाछुत, साम्प्रादायिक विद्वेष बढाउने व्यवहारको अन्त्य गर्ने र संबिधान कार्यान्वयनमा दुढ प्रतिवद्धता जाहेर गर्ने उल्लेख छ ।

त्यसैगरी भेलाले संविधान संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्ने, ०७४ सालको माघ ७ भित्रै तीनवटै तहको निर्वाचन सम्पन्न गर्न तत्काल निर्वाचनको मिति घोषणाका लागि दवाव दिने तथा एमालेले आगामी फागुन २१ गतेबाट सुरु गर्ने मेची महाकाली अभियान सफल पार्ने प्रतिवद्धता समेत जाहेर गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ