सिन्धुली , माघ ११ ।
भूकम्पप्रभावित क्षेत्रहरुमध्ये सिन्धुलीका भूकम्पबाट पिडित भएका परिवारले हालै निःशुल्क रुपमा र्सार्यवत्ति पाएपछि खुशीभएका छन् । वैकल्पिकउर्जा प्रवद्र्धन केन्द्र र राष्ट्रिय ग्रामीण नविकरणीय उर्जा कार्यक्रमको आर्थिक सहयोगमाजिल्लाका राष्ट्रिय प्रसारण विधुतीयलाइननपुगेका सातओटा गाउँविकास समितिका परिवारलाई नेपाल रेडक्रस सोसाइटी, सिन्धुलीशाखाको संयोजनमा सौर्यबत्तिवितरण गरिएको कुरा उर्जा तथाजलवायु परिवर्तन शाखाकावातावरणीय अधिकृत सन्दिपउपाध्यायले बताउनु भयो ।
उहाँको भनाई अनुसार कुशेश्वर दुम्जा, डुडभञ्ज्याङ, बितिजोर, सोल्पाठाना, झ्याडी, हरिहरपुर गढी र खोलागाउँगाउँविकास समितिमाहालसम्म राष्ट्रिय प्रसारण विधुतीयलाइननपुगेको मानिएको छ । ४ हजार २ सय ६६ जना पिडित परिवारलाई निःशुल्क रुपमा सौर्यबत्तीवितरण गरिएको छ । जसमाकुशेश्वर दुम्जामा १ हजार २ सय ९, डुडभञ्ज्याङमा ६ सय ९, बितिजोरमा ३ सय ८९, सोल्पाठानामा २ सय ६३, झ्याडीमा ५ सय ८४, हरिहरपुर गढीमा ६ सय ८४ र खोलागाउँमा ५ सय २८ थान गरी १० वाटक्षमतापिक सिस्टमको ४ हजार २ सय ६६ जना परिवारलाई सो संस्थाले उपलब्ध गराएको हो ।
भूकम्प पिडितहरुको मागभएअनुसार सबैलाई पहिलो चरणमा समेट्न नसकेकाले छुटेकाअन्यभूकम्प पिडितलाई दोस्रो चरणमा वितरण गरिने वातावरणीय अधिकृत सन्दिपउपाध्यायले जानकारी दिनुभयो ।
१० वाट क्षमतापिक सिस्टमको सौर्य बत्ति ४ घण्टासम्म निरन्तर रुपमाबल्ने हुँदा भूकम्पपिडितले रातको समयमा टुकी बालेर कामगर्नुपर्ने अवस्थाको अन्त्यभएको प्रष्ट पार्नु भयो । यसबाट मोवाइलपनिचार्ज गर्नए सकिने भएकाले भूकम्पपिडितलाई दिइएको सौर्यबत्ति पछि ग्रामीण क्षेत्रमा सञ्चार सुविधाको विकास भएको उहाँको दावी छ ।
राज्यले राष्ट्रिय प्रसारणको लाइन पु¥याउननसकेकागा.वि.स. र भूकम्प पिडितहरुको पहिचान गरी निःशुल्क सौर्यबत्तीवितरणले विद्यार्थीको अध्ययनमापनिनिकै सहज र अभिभावकको खर्च समेत कटौतीभएको उहाँले उल्लेख गर्नुभयो । अहिले वैकल्पिकउर्जा प्रवद्र्धन केन्द्र र राष्ट्रिय ग्रामीण नविकरणीय उर्जा कार्यक्रमको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सिन्धुलीशाखाको संयोजनमावितरण सौर्यबत्तिप्रदान पछि उनीहरुले सहजतवरले कामगर्ने मौकापाएका छन् भने उज्यालोको लागिमट्टितेल खरीदगर्नु नपर्दा अभिभावकहरुको खर्च पनि कटौतीभएको छ । राज्यले विशेष छुटमा सौर्यबत्तिवितरण गरेमा ग्रामीण क्षेत्रमापनि खेर गएको सौर्य उर्जालाई सदुपयोग गर्न सकिने कुरा सरोकारवालाहरुको भनाई रहेको छ ।