कुलत (रक्सि पिउने) समस्या मानसिक समस्या हो : मानसिक रोग बिशेषज्ञ डा. पाण्डे

कुलत (रक्सि पिउने) समस्या मानसिक समस्या हो : मानसिक रोग बिशेषज्ञ डा. पाण्डे

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 34.6K
    SHARES

चाडपर्व ,साथिहरुसँगको जमघट , कुनै पार्टी या त सामान्य अवस्थामा घरमै पनि अलिकति मदिरा सेवन गर्ने चलन छ । कतिपय जातिमा त सगुनको रुपमा नै रक्सीको सेवन गर्नु पर्छ ।त्यो अनिवार्य  मानिन्छ । तर जब कोहि व्यात्ति अत्याधिक रक्सी सेवन गर्छ ,उसलाई मानसिक समस्या भएको हुन सक्छ । आज थोरै खाने ब्याक्तिले दैनिक रुपमा त्यसको मात्र बढाउदै लैजाने , या धेरै दिन नखाने तर खाएकोबोला होस हवासै हराउने गरी खाने , काम छाडेर कोठामा एक्लै बसेरे टन्न खाने अनी महिना दिन सम्म नखाने , रक्सी नखाएकोबेला आफुलाई डर लागेको जस्तो हुने आफुले केहि गर्न सक्दिन जस्तो लाग्ने जस्ता लक्षणहरु देखिए भने हामिले बुझन पर्छ , आफुलाई केहि समस्या भयो भनेर । त्यस्तै दैनिक काममा परिवर्तन आउनु पनि यसको अर्को देखिने लक्षण हो ।तर कतिपय अवस्थामा त्यस्ता व्यात्तिलाई बाहिरि रुपमा कुनै लक्षण देखिदैन । उसलाई स्वयम पनि थाहा हुदैन र उसका परिवार या साथिसंगी कसैलाई थाहा हुदैन । जब यो बढ्दै जान्छ अनी मात्रै लक्षणहरु आउन थाल्छन् ।

के कुलत (रक्सि पिउने) समस्या मानसिक समस्या हो?

नेपाली समाजमा धेरै कुराहरुको कुलत छ जस्तै रक्सि, चुरोट, गाँजा, tabs, injection आदि । यो (addiction) कुलत हो र यसलाई उपचारबाट ठिक गर्न सकिन्छ भनेर कमै व्यक्तिलाई यसको ज्ञान छ । तिनमा हामी आज रक्सीको बारेमा जान्ने प्रयास गर्नेछौ. रक्सीलाई विभिन्न नामले चिन्ने गरिन्छ ।रक्सि, छ्यांग, तुम्बा, जाँड, आदि भनेर नेपाली समाजले यसको नामकरण गरिदिएको छ । यो सबै जातजातिले स्वीकारेको पेय पदार्थ हो जुन सजिलैसंग किनबेच हुने गर्दछा यो कतिपय जातजातिमा अनिबार्य रुपमा नभई नहुने पबित्र बस्तुको रुपमा लिइएकोले पनि यसको स्वीकार्यता नेपाली समाजमा बढेको हो । यदाकदा यसले समस्या दिन सक्छ भनेपनि आजसम्म हाम्रो समाजले यो र यसको प्रयोगप्रति स्पस्ट धारणा बनाउन सकेको छैन।

रक्सि पीउनु समस्या नै हो त?
होइन, धेरै नपिईकन कहिलेकाही पिउँने गरेमा लामो समय खादा पनि यसले धेरै असर नगर्न सक्दछ ।

रक्सि पिउने बानीले कहिले समस्या दिन्छ त?
दिनहुजस्तो रक्सि खाईराख्ने, रक्सीको मात्रा बढाउदै जाने गरेमा यसले समस्या दिन सक्छ ।

रक्सि पिउदाका बेफाइदाहरू के के छन् त?
रक्सीले पेटमा र मस्तिस्कमा मुख्यतया समस्या दिने गर्दछ ।
पेटमा हुने समस्याहरु: gastritis को समस्याहरु जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खान मन नलाग्ने, अमिलो पनि घाटीसम्म आउने, कालो दिसा आउने, उल्टी आउने, jaundice हुने (liver problem) हुन सक्दछ ।

मस्तिस्कमा हुने समस्याहरु: (seizure) छारे रोग/बेहोसी को समस्या हुने, निन्द्रा नपर्ने, डर लाग्ने, हातहरु काप्ने, तलतल लाग्ने, बिर्सने समस्या, आत्मबिस्वासमा कमि आदि हुने गर्दछ ।

यी बाहेक blood pressure बढ्ने, हात खुट्टा झमझम गर्ने, depression, aggression, sucidal attempt, neurological problem हुन सक्दछन ।

के रक्सि खाने व्यक्तिलाई मानसिक समस्या हुन सक्दछ त?

हो, यदि उसलाई रक्सि नखादा छट्पट छट्पट हुने, कताबाट किनेर खाने होला भनेर मनमा आइराख्ने, रक्सि नखाएको रात निन्द्रा नपर्ने, डर लाग्ने, ढुकढुक हुने, रिस उठ्ने दिक्क लाग्ने, हातहरु कापेजतो हुने हुन थालेको छ भने उक्त व्यक्ति कुलत(addiction) मा फसेको छ र उ चिकित्सकको सहयोग बिना रक्सिबाट निस्कन नसक्ने हुन सक्छ ।

तर हाम्रो समाजले त यो नटेरेर हो, बानि बिग्रेर हो भन्ने गरिन्छ त होइन र?

रक्सि खाने व्यक्तिले रक्सि नखादा उसलाई तलतल लाग्ने, डर लाग्ने, निन्द्रा नपर्ने आदि शारीरिक र मनासिक समस्याहरु देखा पर्दछन् जसको कारणले उसले चाहदा चाहदै पनि रक्सि छोड्न नसक्ने हुन्छा रक्सि मस्तिस्कमा एक अंगको रुपमा बसिदिन्छ जसले गर्दा रक्सि छोड्ने बित्तिकै यी समस्या देखा पर्दछन तर घर परिवारलाई भने हाम्लाई नटेरेर हो जस्तो लाग्दछ.

रक्सीको कुलतबाट व्यक्तिलाई छुटाउन सकिन्छ त?
अवस्य सकिन्छ ।त्यसका लागी मनोचिकित्सकसँग सल्लाह लिन आवश्यक छ । किनकी उसले के कारणले बढी रक्सी पिउन थाल्यो र अहिले उसलाई सोहि कारणले कस्तो समस्या आयो र त्यो कुन अवस्थामा छ भन्ने थाहा पाएपछि मात्रै त्यसको उपचार सम्भव छ ।

त्यसका लागी के गर्नुपर्ला त?
रक्सि धेरै खाने हो भने कत्तिपल्ट बिरामीलाई भर्ना नै गर्नुपर्ने हुन्छ । थोरै खाने हो भने चक्की दिएर रक्सि नाखादा हुने अफ्ठ्यरोपना (withdrawl) को समस्यालाई कम गर्नुपर्छ ।
तेसपछी रक्सि खादा आउने मानसिक समस्या जस्तै depression, anxiety, psychosis, को समस्या आदि लाई दबाइ सुरु गर्नुपर्छ ।
व्यक्तिलाई तलतल नलाग्ने, रक्सि खादा उल्टी हुने (aversion treatment) उपचार पनि सुरु गर्न सकिन्छ ।
तेस्तै counceling (individual and family) therapy जसमा व्यक्तिलाई रक्सि छुटाउनको लागि motivational enhancement therapy र परिवारलाई कसरि रक्सि खाने व्यक्तिलाई व्यवहार गर्ने भनेर सिकाउन सकिन्छा कसै कसैलाई भने सुधारकेन्द्र (rehabilitation centre) मा राखेर उपचार गर्नुपर्ने हुनसक्छ तर सुधारकेन्द्रमा राख्ने तर चिकत्सकको सल्लाह नलिने गरेमा यो व्यक्तिको उपचार अपुरो हुन जान्छ र सुधारकेन्द्रबाट निस्कनासाथ रक्सि सेवन गर्न थाल्दछ ।
कुलत (रक्सि,चुरोट,गाँजा, tabs, injection) १ हप्ता या २ हप्ता दबाई खाएर चमत्कारिक हिसाबमा छुटाउन गारो हुन्छ तर व्यक्तिको चाहना, चिकित्सकको सल्लाह, र परिवारको साथ मिलाएमा यसलाई सजिलै छुटाउन सकिन्छ ।

नसा तथा मानसिक रोग बिशेषज्ञ डा. प्रदिप पाण्डेसँग गरिएको कुराकानी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी