वैदेशिक रोजगारीमा जानेहरुको बिमा २० लाख बनाउने सरकारको घोषणा

वैदेशिक रोजगारीमा जानेहरुको बिमा २० लाख बनाउने सरकारको घोषणा

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ ११ माघ ।  

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने तयारी थालेको छ । विदेश जाने कामदारको बीमा हाल १० लाख रहेकोमा त्यसलाई बढाएर २० लाख बनाउने तयारी भएको हो ।

सरकारको नयाँ घोषणापछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको परिवारले साढे ३० लाखसम्म क्षतिपूर्ति पाउने छन् । अहिले वैदेशिक कल्याणकारी कोष मार्फत मृतकका परिवारले ३ लाख पाउँदै आएको छ ।

यसलाई ७ लाख र्पुयाउने यसअघि नै घोषणा भइसकेपनि नियमावली संशोधन नहुँदा कार्यान्वयनमा आउन सकेको छेन । यो छिट्टै कार्यान्वयनमा आउने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ ।

बीमा कम्पनीले शव ल्याउन र काजक्रियामा साढे ३ लाख रुपैयाँ पनि दिँदै आएको छ । यो रकम बीमाको १० लाख बाहेकको हो । अब बीमा रकम दोब्बर बनाएपछि पीडित परिवारले साढे ३० लाखसम्म राहत पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ