दाङ, ११ माघ । सिँचाइमन्त्री दीपक गिरीले नेपालका खेतीयोग्य जमिनमा दिगो सिँचाइ व्यवस्थापनका लागि सरकार प्रयत्नरत रहेको बताउनु भएको छ ।
रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री गिरीले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका खेतीयोग्य जमिनमा सिँचाइ परियोजना सन्चालन गर्न लागिएको बताउनु भयो ।
नेपालको खेतीयोग्य जमिनको २० प्रतिशत पनि जमिनमा सिँचाइको पहुँच राम्रो नभएकाले सिँचाइ परियोजना सञ्चालनमा आएपछि सो क्षेत्रका स्थानिय लाभान्भित हुने बताउनु भयो ।
उहाँले दाङमा पर्याप्त सिँचाइ सुविधा उपलब्धताका लागि राप्ती र बबई नदीमा सोलार लिफ्ट सिँचाइ आयोजनाको सर्भेक्षण गरिएको पनि जानकारीे दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline