हिमालपारिको जिल्ला मनाङ जोड्ने सडक तीन साता बन्द हुने

हिमालपारिको जिल्ला मनाङ जोड्ने सडक तीन साता बन्द हुने

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

लमजुङ , ११ माघ ।

हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक ताघ्रिङखण्ड तीन साता बन्द हुने भएको छ ।

मर्मत तथा स्तरोन्नतिका लागि बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा तीन साता बन्द गर्न लागिएको हो । ताघ्रिङको काप्रे भिरदेखि श्रीचौर र सिमानामा पर्ने तालडाँडासम्म मर्मत तथा स्तरोन्नति गरिने जनाईएको छ ।

यही माघ २५ देखि आगामी फागुन १० गतेसम्मका लागि सवारी आवागमन बन्द गर्न अनुरोध गरिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

सडक मर्मत अवधिमा सवारी आवतजावतमा रोक लगाउन कार्यालयले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरिसकेको जनाएको छ ।

सडकखण्डमा अति जोखिममा रहेको काप्रेभिरमा पनि मर्मत तथा स्तरोन्नति गरिने डिभिजन कार्यालय, दमौलीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ