प्रधानमन्त्री दाहाल र लण्डनका मेयरबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र लण्डनका मेयरबीच भेटवार्ता

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

माघ ११, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतको लण्डन सिटीका लर्ड मेयर डा.एन्ड्यू पार्मलीबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री कार्यालय शिंहदरवारमा भएको भेटवार्तामा नेपालको संविधान कार्यान्वयन र पुर्ननिर्माणमा प्रधानमन्त्रीको पहलप्रति लर्ड मेयर पार्मलीले प्रसंसा गर्दै यसवारे जिज्ञासा राख्नुभएको थियो । साथै बेलायती सहयोगवारे समेत छलफल भएको थियो । जलविद्युत क्षेत्रमा लगानीको संभावनाका विषयमा समेत छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता, विकास र आर्थिक सम्वृद्धिका लागि आफ्नो ध्यान गएको भन्दै नेपालको शान्ति, संविधान निर्माण र पुर्ननिर्माणमा प्राप्त अन्तराष्ट्रिय सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपालमा लगानीमैत्री वातावरण निर्माणमा सरकार लागेको जनाउँदै जलविद्युतसहित ठूला परियोजनामा लगानीका लागि आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ