काठमाडौ ११ माघ ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुधार आयोजना अन्तर्गत नदी किनारका रुख बिरुवा नकाटिएको स्पष्ट पारेको छ ।
समितिले आज एक विज्ञप्ति जारी गर्दै आयोजनाको गुरुयोजना अनुसार निर्माण अघि बढाउँदा भविष्यमा केही रुखहरु काट्नुपर्ने अवस्था आउन सक्ने भएपनि हालसम् मभने रुख विरुवा नकाटेको जनाएको छ ।
समितिले नदी किनारका बिरुवाहरुमा कम भन्दा कम क्षति र्पुयाउने प्रयास जारी रहने बताएको छ । शिवपुरी जलाधारको ढापमा निर्माण हुन लागेको बाँधका लागि २८ हजार जति रुख काट्नु पर्ने र थप ९० हजार बिरुवा रोपिने जनाएको छ ।
नदी किनारका रुख काटिएको भनी पूर्व मूख्य सचिव लिलामणी पौड्यालले वर्तमान मूख्य सचिव सोमलाल सुवेदीलाई ध्यानाकर्षण गराएपछि समितिले आज विज्ञाप्ती मार्फत रुख नकाटेको प्राष्ट पारेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline