भारु सटाहीबारे अझै अन्योल कायमै, सीमा क्षेत्रका नागरिक बढी प्रभावित

भारु सटाहीबारे अझै अन्योल कायमै, सीमा क्षेत्रका नागरिक बढी प्रभावित

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ११ माघ ।  

भारतले प्रतिबन्धित नोट साट्ने वा नसाट्ने बारे ठोस निर्णय दिन नसक्दा नेपालमा भएका भारतीय नोट सटही प्रक्रिया अन्योलमा परेको छ ।

नोट सटहीबारे भारतमै गएर छलफल गरेपनि भारतीय पक्षले प्रतिबन्धित नोट साटिदिने बारेमा खासै चासो नदेखाएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिनुभयो ।

कालोधन व्यवस्थापनका लागि भनदै भारत सरकारले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको २ महिना बितिसकदा पनि नेपालमा भएको नोट सटहीबारे भारतले ठोस निर्णय गरेको छैन ।

प्रतिबन्धित नोट कहिले र कसरी सटही गर्ने बारे कुनै आधिकारिक जानकारी नदिँदा अन्यौल झनै बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।

भारतीय नोटमा लागेको प्रतिबन्धले सीमावर्ती क्षेत्रका नेपाली नागरिक बढी प्रभावित भएका छन् । सामान्य घर खर्चदेखि उपचार सेवा समेत प्रभावित हुने गरेको उनीहरुले बताएका छन् ।

पाँच सय र एक हजारको भारतीय नोटमा प्रतिबन्ध लागेपछि सीमा क्षेत्रमा नोट साटिदिने बहानामा उनीहरु ठगीमा समेत पर्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी