महान्यायधिवक्ता श्रेष्ठलाई स्पष्टीकरण सोधिदै

महान्यायधिवक्ता श्रेष्ठलाई स्पष्टीकरण सोधिदै

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाण्डौ ,११ माघ ।

उच्च अदालतमा नियुक्त गरिएका न्यायधिसको बिरोधमा कर्मचारी संगठनलाई उचालेको भन्दै महान्यायधिवक्ता रमन कुमार श्रेष्ठसँग ,प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टीकरण लिने तयारी गर्नुभएको छ ।

८० न्यायधिस नियुक्तिको बिषयमा कर्मचारी संगठनलाई महान्यायधिवक्ता श्रेष्ठले उचालेको भन्दै प्रधानमन्त्री दाहालले उहाँसग स्पष्टीकरण लिने तयारी गर्नुभएको हो ।

आफ्नै पार्टीबाट सरकारमा सहभागी मन्त्रीसहितको न्यायपरिषदको बैठकको निर्णयलाई चुनौति दिएर सरकारी वकिललाई आन्दोलनमा उचालेको भन्दै स्पष्टीकरण लिने तयारी गरिएको कानुन मन्त्री अजय शंकर नायकले जानकारी दिनुभयो ।

ईमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पुरा नगरि सरकारबादी मुद्धामा वहस पैरबी बहिस्कार गरेर राज्यप्रतिको दायित्वबाट समेत बिमुख भएकोले आजै श्रेष्ठलाई स्पष्टिकरण सोध्ने तयारी गरिएको उहाँले बताउनु भयो ।
महान्यायभिवत्ता श्रेष्ठलाई बोलाएर सम्झाउने या स्पष्टीकरण सोध्ने भन्नेबारे अहिले छलफल भईरहेको जनाईएके छ । यसैबीच सरकारी वकिलहरुले आज पनि सर्वोच्च सहित मुलुकभरका अदालतमा सरकारी मुद्धामा बहस पैरवीमा सहभागी नहुने जनाएका छन् ।

सरकारी वकिलहरुको आन्दोलनमा महान्यायधिवक्ता श्रेष्ठले समर्थन जनाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ