झापामा हात्ती आतंक , दैनिक ज्यान लिन थाल्यो

झापामा हात्ती आतंक , दैनिक ज्यान लिन थाल्यो

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

झापा, ११ माघ । झापामा यतिबेला जङ्गली हात्तीको आतंक फैलिएको छ । सो क्षेत्रका बिभिन्न स्थानमा दैनिकजसो हात्तीको आक्रमणबाट ज्यान जान थालेपछि स्थानिय त्रसित बन्न थालेका छन् ।

झपाको भ्रद्रपुरमा पछिल्ला दुई दिनमा हात्तीको आक्रमणबाट एक बालिकासहित दुई जानको मृत्यु भएको छ ।

झापाको भद्रपुर नगरपालिका–२मा आईतवार र र सोमवार दुई जनालाई हात्तीले आक्रमण गर्यो । आइतबार जङ्गली हात्तीको आक्रमणमा परी भद्रपुर–२ निवासी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो भने सोमबार सोही ठाउँ निवासी अर्की १३ वर्षीया बालिका शर्मिला लिम्बूले पनि ज्यान गुमाएसँगै भद्रपुर शोकमग्न छ ।

आइतबार मायालु सामुदायिक वनमा घाँस काट्न गएका उनीहरुलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो ।

हात्तीको आक्रमणमा परी पालमायाको आइतबार नै मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।

यता आइतबारदेखि नै बेपत्ता बनेकी शर्मिलाको सोमबार मात्रै शव फेला परेको छ । हराएकी बालिकालाई सोमबार स्थानीयवासी, प्रहरी र जिल्ला वन कार्यालय झापाको टोलीले मृत अवस्थामा फेला पारेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ