आहा रारा गोल्डकपमा आज संकटा र फारसजंग स्पोर्टिङ क्लब भिड्ने

आहा रारा गोल्डकपमा आज संकटा र फारसजंग स्पोर्टिङ क्लब भिड्ने

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ११ माघ ।  

पोखरामा जारी १५ औं आहा रारा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा आज सीएमजी क्लब संकटा काठमाडौ र फारसजंग स्पोर्टिङ क्लब बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ ।

यी दुई टोलीबीचको खेल पोखरा रंगाशालामा दिउँसो दुई बजेपछि सुरु हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै प्रतियोगिातको अन्तिम चारमा स्थान बनाउने दाउमा हुनेछ ।

यसअघि हिजो भएको खेलमा रमपम झापा ११ लाई २–० गोल अन्तरले पराजित गर्दै विभागिय टोली त्रिभूवन आर्मी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

आर्मीका लागि कप्तान भरत खवास र नवयुग श्रेष्ठले एक एक गोल गरे । आर्मीले फाइनल प्रवेशका लागि अब आगामी बुधबार आयोजक सहरा क्लबसाग प्रतिस्पर्धा गर्नेछ ।

चार पटकको उपाधि विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी कलबले यसअघि नै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी