काठमाडौं, माघ १० । भारतको केरालामा अवस्थित १,३०० बेड भएको अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र नेपालको एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स (एनगोज) ले एनगोज सदस्य संस्थाहरुमा बिरामीको हेरविचार र स्वास्थ्य सेवा प्रदान प्रणालीमा सुधार गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झातौ अन्तर्गत, भारतीय अस्पतालले एनगोज सदस्यताभएका नेपालका सबै स्वास्थ्य संस्थाहरुमा विशिष्ट र अर्ध विशिष्ट किसिमको सेवाहरुकालागि स्टेट अफ आर्टमा आधारित टेलिमेडिसिन परामर्श सेवा स्थापना गर्नेछ ।
नेपालका गैर सरकारी अस्पतालहरुमा सूचना प्रविधिको दक्ष प्रयोगका लागि हेल्थ म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एचएमआईएस) शुरु गर्नु सम्झौताको उदेश्य रहेको छ । यसका साथै मेडिकल शिक्षाको निरन्तरताका लागि ई–लर्निंग कार्यक्रमहरु तथा कार्यपत्रहरु प्रस्तुत हुनेछ, साथ साथै स्वास्थ्य व्यवसायीहरु, डाक्टरहरु, मेडिकल विद्यार्थिहरुका लागि आदान प्रदान कार्यक्रम पनि संचालन हुनेछ ।
सम्झौतापत्रमा अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयर र एनगोसका अध्यक्ष डा. भरत प्रधानले हस्ताक्षर गर्नुभयो, जसले नेपाली जनताहरुको समृद्धिको लागि एक आपसमा बाँधिनुको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा एनगोसका कार्यकारी सदस्यहरु चर्चित मृगौला विशेषज्ञ डा ऋषिकुमार काफ्ले तथा श्याम धौबडेल पनि उपस्थित हुनुहुन्थ्यो ।
अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयरले भन्नुभयो, ‘ यो सहकार्यले स्टेट अफ आर्ट सेवा प्रदान गर्न अनुमति प्रदान गर्नेछ, तर एनगोजका सदस्य स्वास्थ्य संस्थाहरुमा नेपालीबाट आउने बिरामीहरुलाई सूलभ स्वास्थ्य सेवा प्रदान गर्नेछ । टेलिमेडिसिनको माध्यमबाट भारतमा हाम्रा मेडिकल विशेषज्ञहरुको विशेष सेवा उनिहरुका लागि आवश्यक समयमा उपलब्ध हुनेछ ।
एनगोसका अध्यक्ष डा. भरत प्रधानले भन्नुभयो, ‘यदपी नेपालले पछिल्लो डेढ दशकमा स्वास्थ्य सेवाहरुको क्षेत्रमा निकै प्रगति गरेको छ, अझ यो भन्दा धैरै आवश्यक छ । हाम्रा अस्पतालहरु गैर नाफा मूलक संस्थाहरु हुन, सुविधाबाट बंचित तथा पिछडिएका समुदायहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रित छन्, मुलुकको सहि आवश्यकतालाई सम्बोध नगर्न नसक्ने तर स्वास्थ्य सेवाहरु भने उपलब्ध भईरहेका सरकारी अस्पतालहरुको तुलनामा विकसित मुलुकहरुमा प्रदान गरिने सेवाहरु जस्तै सेवा दिनका लागि निजी अस्पतालहरु अगाडि आएका हुन् । भारतको अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेजसँगको यो सहकार्यले हाम्रा अस्पतालहरुको समग्र विकासमा फाईदा पुग्नेछ ।’
यो सहमतीपत्रको महत्वपूर्ण भागमा मेडिकल विद्यार्थिहरु डाक्टरहरु, नर्सहरु, वैज्ञानिकहरु र अन्य स्वास्थ्य व्यवसायीहरुको आदान प्रदान गर्नु रहेको छ ।
एनगोज नेपालमा गैर सरकारी संस्थाहरुद्धारा संचालन गरिएका अस्पतालहरुको छाता संगठन हो भने भारतको केरलामा अवस्थित अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज एक सम्पूर्ण स्वास्थ्य सेवा संस्था हो ।