नेपालले जन्म ,मृत्य लगायतका व्यक्तिगत घटना दर्ताका लागि विश्व बैंकसँग १६ अर्ब बढी ऋण लियो

नेपालले जन्म ,मृत्य लगायतका व्यक्तिगत घटना दर्ताका लागि विश्व बैंकसँग १६ अर्ब बढी ऋण लियो

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, १० माघ । पाँच प्रकारका घटना दर्तालाई विद्युतीय प्रविधिमा लैजान नेपालले विश्व बैंकसँग १५ करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।

आज अर्थमन्त्रालयमा करिब रु १६ अर्ब ३७ करोड ऋण सहायता प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा मन्त्रालयका सचिव डा शान्तराज सुवेदी र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गर्नुभयो ।

सम्झौतामा हस्ताक्षर गर्दै सचिव सुवेदीले यसले सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित बनाउन सहयोग गर्ने बताउनु भयो ।

बैंकका देशीय प्रवन्धक कामाताले आयोजना कार्यान्वयन भएपछि सामाजिक सुरक्षाका कार्यक्रमको विद्युतीय भुक्तानी गर्दा काम छिटो र कम जनशक्तिले गर्न सकिने बताउनजु भयो ।

तीन महिनापछि सबै तयारी पूरा गरी स्थानीय निकायमा विद्युतीय प्रविधिबाट घटना दर्ताका लागि पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनको काम सुरु हुने विभागले जनाएको छ । पाँच वर्षमा सबै स्थानीय निकायमा पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनको काम पूरा गर्ने विभागको लक्ष्य छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ