गोरु काटेको आरोपमा दुई जना पक्राउ

गोरु काटेको आरोपमा दुई जना पक्राउ

जिल्ला अदालत पर्वतद्धारा थुनामा राख्न आदेश

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौ १० माघ ।  

गोरु काटेर खाएको आरोपमा पर्वतको चित्रे गाविसका दुई जनालाई पक्राउ गरी पुर्पक्षका लागि चुनामा राखेको छ । पर्वतका चित्रे ५ का रामबहादुर आइते र चित्रे ९ का मिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गोरु काटेर खाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतले आइते र दर्जीलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दाका आरोपितलाई थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराइको एकल इजलासले मुद्दा दायर भएकै दिन ७ माघमा दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

आरोपित दुवै जनाले पुस १८ गते गोरु काटेर खाएको कसुर पेश भएको थियो । उनीहरु दुवै जनालाई मुलुकी ऐनको चौपाय महलको १ नम्बर विपरित कार्य गरेको भन्दै कार्बाहीको माग दावी गरिएको छ ।

चौपाय महलको ११ नम्बरमा आरोपितलाई माग बम्मोजिमको कसुर ठहरेमा १२ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ