धुवाँधुलोबाट हुने वायु प्रदूषण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

धुवाँधुलोबाट हुने वायु प्रदूषण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, १० माघ ।
वातावरणीय विकास तथा संरक्षण कानुन मञ्चले संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने माग गर्दै आज सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेको छ ।

सरकारले र सम्बन्धित निकायले प्रत्येक जनताको स्वच्छ वातावरण र स्वस्थ रुपमा बाँच्न पाउने हकलाई संरक्षण नगरेको जनाउँदै मञ्चका अध्यक्ष अधिवक्ता पदमबहादुर श्रेष्ठले आज निवेदन दिनुभएको हो ।

रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सम्बन्धित मन्त्रालय, विभाग र नगरपालिकालाई विपक्षी बनाइएको छ ।
श्रेष्ठले काठमाडौँ उपत्यकामा भइरहेको विभिन्न निर्माणबाट वायु प्रदूषणमा हुने असर रोक्ने काम अविलम्ब गराउन विपक्षीका नाममा परमादेश जारी गर्न माग गर्नुभएको छ ।

निवेदनमा नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संविधानप्रदत्त मौलिक हकबाट वञ्चित भएकाले विपक्षीलाई सो विषयमा पटक पटक मौखिक रुपमा अनुरोध गर्दा समेत कुनै वास्ता नगरेको भनी लिखित रुपमा धुवाँधुलोबाट हुने वायु प्रदूषण रोक्न विपक्षीबाट आवश्यक कदम चाल्न माग गरिएको छ ।
अदालतले यही माघ १२ गते अदालतमा उपस्थित हुन विपक्षीलाई निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ