झापा–११लाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

झापा–११लाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, माघ १० । त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वार्टरफाइनलमा झापा–११ लाई २–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा ठाउँ पक्का गरेको छ । आर्मीको जितमा नवयुग श्रेष्ठ र भरत खवासले एक–एक गोल गरेका छन् ।

आर्मीले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो भने झापाले प्रिक्वार्टरफाइनलमा एएनए अमेरिकालाई हराएको थियो ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा भोली संकटा क्लब र फारासगन्ज स्पोर्टिङ क्लब खेल्दैछन् ।

संकटाले प्रिक्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई हराएको थियो भने फरासगन्जले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी