अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाई

अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाई

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, १० माघ ।
भारतको कोलकत्तामा हुने तेस्रो खुला अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २१ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोलीलाइ आज बिदाई गरिएको छ ।

यही माघ १४ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट १४ पुरुष तथा सात महिला खेलाडीले सहभागीता जनाउनेछन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रमका बीच टोलीलाई नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष विष्णु कार्की र नायिका रेखा थापाले बिदाई गरेका छन् ।

पुरुष खेलाडीमा दिवश श्रेष्ठ, सुरज श्रेष्ठ, कृष मानन्धर, सन्दीप थापामगर, डिकेश मानन्धर, सवीन थापामगर, विजय बस्नेत, सुजन कार्की, रञ्जीत तामाङ, सुशान्त मोडक, विनोद रोका, दत्त बुढा, फ्रिजल शाही र मनोज थापामगर छन् ।

त्यसैगरी महिलातर्फ सीता तामाङ, सपना तामाङ, निशा श्रेष्ठ, लक्ष्मी दुलाल, कृषा शेर्पा, सुजना तामाङ र पूजा ओलीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । खेलाडीहरुले कुमुते र व्यक्तिगत कातामा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै टोली नेतामा नेपाल सोतोकान कराते सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पा तथा प्रशिक्षकमा कृष्णकुमार मानन्धर र गोपाल कटवाल रहेका छन् । नेपाली टोली भोलि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी