काठमाडौ १० माघ ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले संविधान संशोधन भन्दा कार्यान्वयन एमालेको मुखय एजेन्डा भएको बताउनु भयो ।
उहाँले अर्को वर्षको माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न भएमात्रै संविधान कार्यान्वयन हुने भएकाले गम्भिर बनन सरकारलाई सुझाव दिनुभएको छ ।
संविधान संशोधन अहिलेको आवश्यकता नभएको भन्दै नेता खनालले बरु संशोधन प्रक्रिया अघि बढे देश दुर्घटनामा फस्न सक्ने चेतावनी समेत दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline