कपास गोदाममा आगलागी हुँदा ६ लाख बराबरको क्षति

कपास गोदाममा आगलागी हुँदा ६ लाख बराबरको क्षति

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ १० माघ ।

चितवनको भरतपुरस्थित एक कपास गोदाममा आज दिउँसो आगलागी हुँदा ६ लाखभन्दा बढीको क्षति भएको छ ।

भरतपुर–१० स्थित स्थानीय शंकर श्रेष्ठको आफ्नै घरमा रहेको कपास गोदाममा आगलागी भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

दिउँसो करिब साढे २ बजे लागेको आगो छोटो समयमै आगो नियन्त्रणमा लिन सफल भएकाले धेरै क्षति हुनबाट जोगिएको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर उपमहानगरपालिकाबाट गएको दमकलको सहयोगमा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

गोदाममा विद्युत् सर्ट भई आगलागी भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ