सरल नमुना सहकारी को रक्तदानमा ४२ युनिट रगत संंकलन

सरल नमुना सहकारी को रक्तदानमा ४२ युनिट रगत संंकलन

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

माघ १०, पोखरा ।  पोखराको चिप्लेढुंगामा रहेको सरल नमुना बचत तथा ऋण सहकारी ले आङ्खनो नबौ स्थापना दिवसको अबसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त संचार पोखराको प्राबिधिक सहयोग रहेको रक्तदान कार्यक्रमकमा ४२ युनिट रगत संकलन भएको सहकारी का अध्यक्ष दिपक बास्तोलाले जानाकारी दिए ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारीले सहकारी नाफामुखि मात्र नभइ सामाजिक कृयाकलापमा पनि अग्रसर हुनुपर्ने बताउदै सरल नमुना बचत तथा ऋण सहकारीले उदाहरणीय काम गरेको बताए । साना साना पँुजीलाई परिचालन गरेर आर्थिक चलाएमान गराइ देश बिकाशमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे । त्यस्तै जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदिप ढकालले सहकारीको तिन खम्बे नितिलाई अबलम्बन गरि अगाडी बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भर्खरै निर्बाचित जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदिप ढकाललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सरल नमुना बचत तथा ऋण सहकारीका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि पोखरा शाखाका प्रबन्धक केदारनाथ उप्रेती,सहकारी का सल्लाहकार भरत प्रसाद तिवारी,उपाध्यक्ष एंबम कार्यक्रम संयोजक राम बहादुर बुलकोटीले आ आङ्खना भनाइहरु राखेका थिए भने कार्यक्रमको संचालन सस्थाका सचिव निर्मल बास्तोलाले गरेका थिए ।

सहकारीले स्थापना दिबसको अबसर पारेर मंगलबार आकुरा भिलेजमा रहेका एच आई भि संक्रमित बालबालीकालाई शैक्षिक सामाग्री बितरण गर्ने सचिव निर्मल बास्तोलाले जानाकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ