जिग्री र पाँडे बनाउँदैछन् सप्तरीमा दृष्टिविहीनका लागि घर

जिग्री र पाँडे बनाउँदैछन् सप्तरीमा दृष्टिविहीनका लागि घर

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, १० माघ । हास्यकलाकार जोडी कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे यतिबेला सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा जुटेका छन् । दाजु–भाउजू सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समाजसेवाको पदचाप पछ्याउँदै कुमार कट्टेल पनि समाजसेवामा लागेका हुन् ।

जिग्री पाँडे फाउन्डेस स्थापना गरेर उनीहरू कलाकारिताका साथै समाजसेवामा पनि लागेका छन् । गत बिहीबार बिहीबार सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोल पुगेका चर्चित हास्यशृंखला ‘भद्रगोल’ का यी कलाकारले १७ जनाको संयुक्त परिवारमा रहेका तीन भाइका लागि तीनवटा वातावरण र अपांगमैत्री घर बनाइदिने घोषणा गरेका हुन् ।

सामाजिक अभियान्ता बाराका रमेशप्रसाद साहका साथमा सप्तरी पुगेका उनीहरूले मण्डल परिवारको दयनीय अवस्था देखेर उनीहरूलाई लत्ताकपडाका साथै खाद्यान्न वितरण गरेका थिए । ‘भगवान शिवले पनि गरिब, असहाय, दीनदुःखीको सेवा गर्नु नै धर्म भएको बताउनु भएको छ, त्यही भएर हामी अतिविपन्न मण्डल परिवारलाई सहयोग गर्न आएका हौं,’ कलाकार कुमार कट्टेलले भने ।

स्थानीय शम्भु मण्डलको परिवारमा १७ जना छन् । त्यसमा एक बालकसहित पाँचजना दृष्टिविहीन छन् । उनीहरूको अवस्था निकै नाजुक भएकाले आफूहरूले घर बनाइदिन लागेको कलाकार अर्जुन घिमिरेले बताए । उनका अनुसार नयाँ तीन घरका लागि ३५ देखि ४० लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी