आजदेखि सहिद सप्ताह सुरु, विभिन्न कार्यक्रम गरी मनाइदै

आजदेखि सहिद सप्ताह सुरु, विभिन्न कार्यक्रम गरी मनाइदै

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ १० माघ ।  

आजदेखि शहीद सप्ताह सुरु भएको छ । सरकारले २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना गरी शहीद सप्ताह मनाउदै आएको छ ।

राणा शासनको विरोधमा उत्रिएको भन्दै तत्कालिन राणा सरकारले विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको थियो ।

शहीद शुक्रराज शास्त्रीलाई टेकुको पचलीमा माघ १० गते, धर्मभक्त माथेमालाई सिफलमा १३ गते र १५ गते गगांलाल श्रेष्ठ तथा दशरथ चन्दको शालिकमा रहेको शोभा भगवती पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ ।

यस्तै माघ १६ गते शहीद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी शहीदको सम्झनामा विशेष कार्यक्रम गर्ने तयारी समेत भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ