यातायात कार्यलयको कम्प्युटर सर्भर बिर्गेपछि सेवाग्राही मर्कामा

यातायात कार्यलयको कम्प्युटर सर्भर बिर्गेपछि सेवाग्राही मर्कामा

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ, १० माघ ।  

यातायात व्यवस्था कार्यालय, लुम्बिनी अञ्चलको कम्प्युटरको सर्भर नेट बिग्रिएपछि एक सातादेखि काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

कम्प्युटरको सर्भर बिर्गदा कुनै काम गर्न नसकिएको कार्यालय प्रमुख बेदप्रसाद अर्यालले बताउनुभयो । मर्मतका लागि विभागमा पठाएको तर अझै केही दिन लाग्ने जानकारी दिनुभयो ।

बुटबल कार्यालयले माघ २ गते एक सूचना जारी गर्दै कम्प्युटरको सर्भर बिग्रिएको भन्दै लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने, तथ्यांक राख्ने जस्ता महत्वपूर्ण काम गर्न नसक्ने जानकारी गराएको थियो ।

उक्त सर्भर केन्द्रीय टाडा बैंकमा जोडिने हुँदा राजस्व सङ्कलन, दर्ता, नवीकरणजस्ता कुनै पनि काम गर्न नमिल्ने कार्यालयले जनाएको छ । गएको सातादेखि सरकारी कार्यालयमा काम ठप्प हुँदा टाढाबाट लाइसेन्स नवीकरण गर्न आउने समेत प्रभावित भएका छन् ।

दैनिक कामको लागि निकै भिडभाड हुने यातायात कार्यालय केही दिनदेखि सुनसान बनेको छ । बागमतीपछि लुम्बिनी लाइसेन्स कार्यालयमा सेवाग्राहीको बढी चाप हुने गर्दछ । कार्यालयमा दैनिक एक हजारदेखि १२ सय जनाले सेवा लिने गरेको कार्यालयको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ