काठमाडौ १० माघ ।
इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीले ८ अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत गएराति समपन्न खेलमा चेल्सीले हल सिटीलाई २–० गोल अन्तरले पराजित गर्यो ।
चेल्सीका लागि डिएको कोस्टा र ग्यारी काहिलले एक एक गोल गरे । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको अतिरिक्त समयमा कोस्टाले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए ।
त्यसपछि ८१ औं मिनेटमा काहिलले गोल गरेपछि चेल्सी २–० ले विजयी भयो । हल सिटीका रायन म्यासनको टाउकोमा चोट लागेपछि पहिलो हाफमा सात मिनेट समय थप गरिएको थियो ।
म्यासनलाई खेल मैदानबाट सिधै अस्पताल लगिएको थियो । जितसँगै शीर्ष स्थानको चेल्सीको २२ खेलबाट ५५ अंक भएको छ ।
यस्तै दोस्रो स्थानको आर्सनलको ४७ अंक छ । १६ अंकसहित हल सिटी पुछारबाट दोस्रो स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline