बाँसबारीस्थित न्युरो अस्पतालमा तोडफोड

बाँसबारीस्थित न्युरो अस्पतालमा तोडफोड

  • आइतवार, माघ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

काठमाडौ ९ माघ ।  

राजधानीको बाँंसबारीस्थित न्युरो अस्पतालमा तोडफोड भएको छ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको हो ।

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित भीडले अस्पतालमा तोडफोड र चिकित्सकहरुमाथि आक्रमण गरेका थिए । नगरकोटीको मृत्युको खबर सुनेर अस्पताल पुगेका दर्जनौं व्यक्तिले अन्धाधुन्ध आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ ।

घटनाबाट त्रस्त बनेको अस्पताल प्रशासनले आकस्मिक बाहेकका सबै सेबा बन्द गरेको छ । घटनामा करीव दुई दर्जन व्यक्ति घाइते भएको छन् ।

प्रहरीले तोडफोडमा संलग्नहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि समेत आक्रमण भएको थियो । घटनामा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ