दलालहरुलाई कालोमोसो मात्र हैन रत्नपार्कमा ल्याएर जनकार्बाही गर्नु पर्छः विप्लव

दलालहरुलाई कालोमोसो मात्र हैन रत्नपार्कमा ल्याएर जनकार्बाही गर्नु पर्छः विप्लव

  • आइतवार, माघ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौं माघ ९ । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले दलाल र भ्रष्टहरुलाई कालोमोसो दल्ने मात्र हैन अब रत्नपार्कको चौरमा ल्याएर जनकार्बाही गर्नु पर्ने बताउनु भएको छ ।
अख्तियारका निलम्वित प्रमख लोकमान सिंह कार्कीलाई कालोमोसो दल्ने प्रकाश शाही र चन्द्र बुढालाई अखिल क्रान्तिकारीले गरेको अभिनन्दन कार्यक्रममा बोल्दै महासचिव विप्लवले कालोमो सांकेतिक भएको भन्दै अब आम जनताले दलालहरु विरुद्ध क्रान्ति गर्नु पर्ने बताउनु भयो ।
उहाले अहिलेको संसदीय व्यवस्था र दलाल सत्तालाई अन्त्य गराएर समाजवादी सत्ता ल्याए पछि मात्रै देश र जनताको समृद्धि संभव भएको भन्दै सबै क्षेत्रबाट सहयोगको अपील गर्नु भयो ।
देशको स्वाभिमान जोगाउन जस्तो सुकै कदम चाल्न तयार रहेको बताउदै उहाले जनताले गर्ने आन्दोलनको नेतृत्व माओवादीले गर्ने बताउनु भयो ।
एक प्रसगमा उहाले प्रचण्ड बाबुरामले क्रान्ति छाडेर विदेशीको तलुवा चाटेर सत्तामुखि भएको टिप्पणी गर्नु भयो । दलाल भ्रष्ट र विदेशीको डिजाईनमा लोकमानलाई अख्तियार प्रमुख बनाईएको पनि उहाले दावी गर्नु भयो । आफूहरु राष्ट्रले माग्यो भने जीवन बलिदान गर्न पनि तयार रहेको विप्लवले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ