भक्तपुर माघ ९ ।
भक्तपुरका भुकम्प प्रभाावितहरुले निजी आवास पुनः निर्माणका लागि आजदेखि पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् ।
भुकम्प गएको २० महिनापछि उनीहरुले निजी आवास निर्माणका लागि पहिलो किस्ता बापत रु ५० हजार पाउने भएका हुन् । उपत्यका बाहिर भने दोस्रो किस्ताको रकम बितरणको तयारी समेत भईसकेको छ ।
जिल्लाका ६ ओटै नगपलिकाले तोकेको बैंकहरुबाट लाभग्राहीलाई अनुदान रकम बितरणको तयारी गरेको जनाईएको छ ।
पहिलो चरणमा १८ हजार जनाले राहत रकम पाउने जिविसका सुचना अधिकारी जौवन कोजुले बताउनुभयो ।
पछिल्लो समयमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रमाणित गरि पठाएका २६ हजार १६ मध्ये २० हजार १ सय ५० लाभग्राहिसंग नगरपालिकाहरुले सम्झौता गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline