काठमान्डौ माघ ९।
पोखरामा जारी १५ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज धरान फुटबल क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब विच प्रतिस्पर्धा हुने छ ।
यी दुइ टोली विचको खेल पोखरा रंगशालामा दिउसो हुने छ । प्रतियोगितामा अमेरिका, भारत, बंगलादेश र नेपाली टोली सहित १२ टोलीले सहभागिता जनाएका छन् ।
यस अघि हिजो भएको खेलमा भारतको युनाइटेड सिक्किम फुटबल क्लबलाई ट्राइब्रेकरमा ४ –२ गोल अन्तरले पराजित गर्दै आयोजक सहारा क्लब सेमिफाइनमा प्रवेश गरेको छ ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख एक हजार नगद तथा उपविजेताले दुई लाख ५१ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ ।
यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिता आगामी माघ १५ गते सम्म सञ्चालन हुने छ ।