अब हामी जीत्ने गरी लड्छौः विप्लव

अब हामी जीत्ने गरी लड्छौः विप्लव

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौं माघ ८ । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अब पार्टीले जीत्ने गरी लड्ने तयारी गरेको र त्यसै अनुसार खट्न कार्यकर्तालाई दिर्नेशन दिनु भएको छ ।
पेरिस कम्युनदेखि सोभियत समाजवाद हुदै चीनीया क्रान्ति सम्म आउदा ठूला ठूला उपलव्धि भए पनि फेरी पराजीत हुनुको कारणको राम्रोसगँ अध्ययन गर्नु पर्ने भन्दै अक नया तरीकाबाट लड्ने र नया जीत हासिल गर्ने बताउनु भयो ।
जनवर्गीय संगठनहरुका कार्यकर्तालाई राजधानीमा प्रशिक्षण दिदै विप्लवले माओवादी आन्दोलन पनि बार्ताको टेबुलमा आए पछि पराजीत भएको बताउनु भयो ।
बाबुराम भट्टराईले कम्युनिष्ट आन्दोलन नै त्याग गर्नु र प्रचण्ड आन्दोलनबाट पछाडी फर्किएको अवस्थामा नया किसिमले क्रान्ति अगाडी बढाउन पार्टी गठन भएकाले फागुण पहिलो साता हुने महाधिवेशन पछि पार्टीले नया कार्ययोजना सहित अघि बढ्ने बताउनु भयो ।
कम्युनिष्ट आन्दोलनमा नेतृत्व जहिले पनि एकै व्यक्ति भईरहने र नेतृत्व छाड्नु परे पछि असन्तुष्ट हुने चलन देखिएको भन्दै नेताहरुले सामाजिक जीवनमा पनि फर्कनु पर्ने र नेतृत्व प्रणाली आवधिक खालको हुनु पर्ने धारणामा बहस गर्नु पर्ने बताउनु भयो ।
उहाले बदलिदो परिस्थितिमा समाजवादको नया परिभाषा र क्रान्तिका तौर तरीकामा केही बदलाव जरुरी रहेको उहाँले बताउनु भयो ।
प्रचण्ड भैसी पूजा गर्ने , बाबुराम माक्र्सवाद छाड्ने !
एक प्रसगंमा उहाले प्रचण्डले जनताको मत लिन  भैसी पूजा गर्ने रामदेवको अगाडी कान समातेर उठबस गरेको भन्दै यसले आफूले स्थापित गरेको मान्यता विपरीत लागेको बताउनु भयो ।
उहाले बाबुराम भट्टराई पनि माक्र्सवाद छाडेर हिडेको भन्दै उनी पनि सफल हुन नसक्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ