हुलाकलाई सामुदायिक सूचना केन्द्र बनाइनेछ : सञ्चार मन्त्री

हुलाकलाई सामुदायिक सूचना केन्द्र बनाइनेछ : सञ्चार मन्त्री

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

हेटौँडा, ८ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउने आफ्नो योजना रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको सूचना केन्द्रको आज उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । मन्त्री कार्कीले जनतालाई सूसुचीत गराउँदा जनताले लोकतन्त्रको आभास गर्ने र विकासमा समेत तीव्रता आउने उल्लेख गर्नु भयो ।

उहाँले हुलाक सेवा हालको सूचना तथा सञ्चारको अत्याधुनिक अवस्थामा कार्यविहीन भएको भन्दै यसलाई सरकारले सूचनाको क्षेत्रमा सदुपयोग गर्नुपर्ने तर्क औंँल्याउनुभयो ।

उहाँले राज्यलाई एफएम् रेडियोले राजस्व बुझाउने भन्दा जन उत्तरदायित्वको पत्रकारिता गर्दा राज्यलाई लाभ हुने बताउँदै रेडियो नवीकरण दस्तुर घटाउनतर्फ आफूले निर्देशन दिएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ