सवै दललाई समेटेर निकास निकाल्न राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव

सवै दललाई समेटेर निकास निकाल्न राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं , ८ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति बिद्यादेबी भण्डारीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको प्रधानमन्त्री दाहालले गतिरोध अन्त्यका लागि सरकार तथा सत्तारुढ दलबाट भएका प्रयासबारे जानकारी गराउनुभएको थियो ।

बिहान झण्डै एक घण्टा भएको भेटमा राष्ट्रपति भण्डारीले सवै दललाई समेटेर निकासका लागि पहल गर्न प्रधानमन्त्री दाहाललाई सुझाउनुभएको थियो ।

संविधान कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउदै आगामी बर्षको माघ ७ गते भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नु आवश्यक रहेको तर्फ राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

जवाफमा प्रधानमन्त्री दाहालले गतिरोध अन्त्यका लागि सरकार तथा सत्तारुढ दलहरु गम्भीर रुपमा लागेको जानकारी गराउदै चाडै निकास निस्कने बिश्वास ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ