सेरेना र माकारोभा अष्ट्रेलियन ओपन टेनिसको अन्तिम १६ मा प्रवेश

सेरेना र माकारोभा अष्ट्रेलियन ओपन टेनिसको अन्तिम १६ मा प्रवेश

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी ,८ माघ ।
अमेरिकी सेरेना विलिएम्सन र रसियन एकातेरिना माकारोभा, अष्ट्रेलियन ओपन टेनिसको अन्तिम १६ मा प्रवेश प्रवेश गरेका छन् ।

आज बिहान भएको खेलमा आफ्नै देशकी निकोल गिब्समाथि सहज जित निकाल्दै दोस्रो बरियाताकी विलिएम्स प्रिक्वारटफाइनलमा प्रवेश गरेकी हुन् ।

पहिलो सेट ६–१ ले जितेकी सेरेनाले दोस्रो सेटमा समेत ६–३ को सहज जित निकालिन् । ३० औं बरियाताकी माकारोभाले छैठौ बरियाताकी डोमिनिका सिबुल्कोभामाथि ६–२, ६–७ र ६–३ को संघर्षपूर्ण जित निकालिन् ।

चौधौं बरियाताकी एलिना भेस्निनालाई ७–६ र ६–२ ले पराजित गर्दै १ सय १६ औं बरियाताकी जेनिफर ब्राडी र २१ औं बरियाताकी क्यारोलिना गार्सियालाई ६–२ र ७–५ ले पराजित गर्दै चेकरिपब्लिककी बारबोरा स्ट्रीकोभाले पनि प्रिक्वाटरफाईनलमा स्थान बनाए ।

क्रोएसियाकी मिर्जना लुसिक बारोनीले ग्रिसकी मारिया सक्कारीलाई पराजित गर्दै चौथो चरणमा प्रवेश गरिन् । पुरुष एकल तर्फ आ–आफ्नो खेलमा विजयी हुँदै बेलायती एण्डी मुरे, स्विस रोजर फेडेरर र स्टेनिसलस वावरिन्का, जापानका केई निसिकोरी, फ्रान्सका जो वेल्फ्रेड सोङ्गा, इटलीका एण्ड्रेस सेप्पी, जर्मनी मिस्चा भेरभेभ र बेलायती डेनियल इभान्सले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी