आगोले जलेर घाइते अनिसाको उपचारमा समस्या ,अवस्था गम्भिर

आगोले जलेर घाइते अनिसाको उपचारमा समस्या ,अवस्था गम्भिर

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

बाँके , ८ माघ ।

आफ्नै श्रीमानले लगाएको आगोबाट गम्भीर घाइते नेपालगन्ज–१२ बाँकेगाउँ खट्नपुरुवाकी २२ वर्षीया अनिसा खटिकको उपचारमा समस्या भएको छ ।

विहिबार राति श्रीमानले लगाएको आगोबाट ५० प्रतिशतभन्दा बढी जलेर गम्भीर घाइते अनिसालाइ थप उपचारका लागि राजधानी लैजानका लागि चिकित्सकले सुझाव दिए पनि आर्थिक अभावका कारण अहिलेसम्म अन्यत्र रिफर गर्न नसकिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

घटनाका विषयमा महिला तथा बालबालिका कार्यालय, बाँकेकी महिला विकास अधिकृतलाई जानकारी गराए पनि अनिसाको थप उपचारका लागि अन्यन्त्र लैजाने विषयमा कहीँ कसैले अहिलेसम्म चासो नदेखाएको उहाँले बताउनु भयो ।

आगलागीबाट अनिसाको स्तन, मुख र टाउको जलेको छ । बिरामीको घाँटी भित्रैसम्म आगोका कारण असर परेको छ उपचारमा संलग्न भेरी अञ्चल अस्पतालका वरिष्ठ सर्जन डा रुपानन्द अधिकारीले बताउनु भयो ।

५० प्रतिशत भाग जलिसकेको र घाँटी सुन्निएकाले छिटो नै उचित उपचार नभए समस्या हुने उहाँले बताउनु भयो ।

शरीरमा आगो लागेको २१ घन्टा बितिसक्दा समेत थप उपचारका लागि बाहिर लैजान नसक्दा उनको स्वास्थ्य अवस्था झनै बिग्रन थालेको छ ।

भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेकी अनिसालाई चिकित्सकले यसअघि नै टिचिङ हस्पिटल, काठमाडौँ लैजान सुझाव दिएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका–१२ बाँकेगाउँस्थित खटिकको बसोबास रहेको खट्नपुरुवाका करिब २५ वर्षीय राजेन्द्र खटिकले आफ्नै २२ वर्षीया श्रीमती अनिसा खटिकलाई टुकीमा रहेको मट्टितेल खन्याइ आगो लगाइ मार्ने प्रयास गरेका थिए ।

श्रीमतीलाई आगो लगाउने राजेन्द्र फरार रहेकाले उनको खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालय, नेपालगन्जले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ