आहा रारा गोल्डकपमा आजबाट क्वाटरफाईनल खेल सुरु हुदै

आहा रारा गोल्डकपमा आजबाट क्वाटरफाईनल खेल सुरु हुदै

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमान्डौ , माघ ८ ।
पोखरामा जारी १५ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजदेखि क्वाटरफाईनल चरणका खेलहरु सुरु हुदैछ ।

आज हुने पहिलो क्वाटरफाईन्ल खेलमा आयोजक सहारा क्लब र भारतको सिक्कीम युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा रंगशालामा हुने यी दुई टोलीबीचको खेल दिउसो साढे दुईबेजे पछि सुरु हुनेछ ।

उद्घाटन खेलमा मोफोसलको सुदुरपश्चिम ११ लाई पराजित गर्दै आयोजक सहारा अन्तिम आठमा प्रवेश गरेको हो भने सिक्किम युनाटेड सिधै क्वाटरफाईन्लमा स्थान बनाएको हो ।

सहारा क्लबमा तीन नाईजेरियन खेलाडिका साथै आफ्नै एकेडेमिबाट उत्पादन गरेका खेलाडि सहभागी छन् ।

तीन विदेशी सहित १२ टोली सहभागी प्रतियोगीताको विजेताले पाँच लाख एक हजार नगद तथा उपविजेताले दुई लाख ५१ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ ।

यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिता आगामी माघ १५ गते सम्म सञ्चालन हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी