मुस्ताङ, ८ माघ । मुस्ताङको कुञ्जो गाविसको जङ्गलमा दुईदिन देखि लागेको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
हिजो दिउसोबाट पाङ जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर गएपछि नजिकैको दलीत बस्ती नै जोखिममा परेको छ ।
आगो फैलिँदै जाँदा जङ्गल नजिकै रहेको झिप्राको दलित बस्ती समेत जोखिममा परेको एक्याप व्यवस्थापन समिति, कुञ्जोका अध्यक्ष गणेश थकालीले जानकारी दिनुभयो ।
आगलागि सुरु भएलगत्तै नियन्त्रणमा लने प्रयास सुरु गरिएपनि आगो नियन्त्रण बाहिर रहेकले जोखिममा परेका बस्तीका सर्वसाधारण घर छोडेर सुरक्षित स्थानमा सरिसकेको उहाँले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय, लेतेको प्रहरी टोली,स्थानीय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रतिनिधिले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
शुक्रबार बेलुकी नै प्रहरीको टोली घटनास्थल पुगे पनि आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएकोछ । “आज बिहान जिल्लाबाट थप टोली आएर त्यसलाई नियन्त्रणको प्रयास गरिने लेते प्रहरीले जनाएकोछ ।
प्रहरीका साथमा नेपाली सेना पनि आगो नियन्त्रणका लागि घटनास्थल जाने तयारी भइरहेको छ । आगलागीको कारण पत्ता लाग्न नसकेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।