चारदिने नेपाल भ्रमणका लागी लन्डनका लर्ड मेयर आज आउँदै

चारदिने नेपाल भ्रमणका लागी लन्डनका लर्ड मेयर आज आउँदै

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, ८ माघ ।

चार दिने नेपाल भ्रमणका क्रममा बेलायतका लर्ड मेयर अफ द सिटी अफ लन्डन डा एन्ड्रयु पार्म आज काठमाण्डौ आउदै हुनुहुन्छ ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएका अवसरका एन्ड्रयु औपचारिक भ्रमणका लागि आज अपराह्न नेपाल आउन लाग्नुभएको हो ।

मन्त्रिस्तरको पद सम्हाल्नुभएका उहाँ बेलायतको अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति सञ्चालनको प्रमुख व्यक्तित्व मानिनुहुन्छ ।

लर्ड मेयरको भ्रमणले दुई देशबीचको पारस्परिक आत्मीयता अभिवृद्धिमा थप योगदान पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लर्ड मेयरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग पनि उहाँले छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि उहाँको भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बेलायत सरकारको सहयोगमा सञ्चालित विकासका केही परियोजना तथा भूकम्पपछिको पुनःनिर्माणका कार्यक्रमको उहाँले अवलोकन गर्नुहुनेछ । बेलायतको ‘सम्माननीय’ पदवीबाट विभूषित उहाँ आठ सय ६९ औँ लर्ड मेयर अफ द सिटी अफ लन्डन हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ