संशोधन प्रस्तावमाथिको छलफलमा अब विपक्षीले अवरोध गर्दैन :देउवा

संशोधन प्रस्तावमाथिको छलफलमा अब विपक्षीले अवरोध गर्दैन :देउवा

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ७ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुने बताउनु भएको छ । प्रेस युनियन नेपालले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्वाचन सम्बन्धी विधेयक पारित भएपछि संविधान संशोधनको प्रस्ताव अघि बढ्ने बताउनु भयो ।

उहाँले निर्वाचन विधेयक पारित गर्न ढिलाइ भएकाले निर्वाचन मिति घोषणा गर्न ढलाई भएको भन्दै अबको एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनु भयो ।

संघिय गणतान्त्रिक लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको भन्दै उहाँले संशोधन प्रस्तावमाथि अब हुने छलफलमा विपक्षी दलले अवरोध नगर्ने देउवाको विश्वास थियो ।

मधेसी जनताको भावनालाई कदर गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको प्रष्ट पार्दै उहाँले सबैको मागलाई सम्बोधन गर्न नसके संविधान कार्यान्वयन प्रक्रिया जटिल बन्ने धारणा राख्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ