सिन्धुली, माघ ७ ।
सिन्धुलीको क्यानेश्वर गाउँ विकास समितिमा अवैध तरिकाले लगाएको गाजा खेती प्रहरीले हालै नष्ट गरेको हो ।
विभिन्न समयमा गरि त्यस क्षेत्रमा लगाईएको गाजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले क्यानेश्वरको क्यानशिर, चिसापानी, भुताहा काभ्रेमा लगाईएको अवैध गाजा खेती फडानीसंगै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
व्यापक रुपमा गाजा खेती लगाएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको निर्देशनमा इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक सुजित तामाङको नेतृत्वमा गएको प्रहरी टोलीले व्यापकरुपको गाजा खेती नष्ट गरेको थियो ।
क्यानेश्वर ९ क्यानशिर, चिसापानीमा ३ विगा जमिनमा लगाईएको अवैध गाजाखेती प्रहरीले नष्ट गरेको हो । सो स्थानमा १६ विगाह खेतमा लगाएको अवैध गाजाखेती प्रहरीले नष्ट गरेको जिल्ला प्रहरीका प्रमुख सन्तोष बोहोराले जानकारी गराउनु भयो ।