माघ ७, सल्यान।
शारदा नगरपालीका १ श्रीनगर स्थित सपना रावतले बिहीबार आफ्नै घरमा झुन्डीयर आत्महत्या गरेकी छन । शिवजन माध्यामिक विद्यालय सितलपाटी सल्यानमा कक्षा ९ मा अध्यानरत रावतले के कारणले आत्महत्या गरिन भन्ने कुरा बारे अहिले छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डि.एस.पि. स्याम बहादुर के.सी. ले जानकारी दिएका छन ।
सोहि विषयलाई लिएर दुई माओवादी (क्रान्तिकारी) विद्यार्थी संगठनले आत्महत्या गर्न बाध्य गराएको भन्दै घोर बिरोध गरेका छन ।
विप्लव माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले छुटाछुटै प्रेश विज्ञप्ती निकालेका छन ।
विज्ञप्तीमा भनिएको छ ̒सपनाको अविभावकले श्रीनगरमा रहेको मिर्मीरे बैंक लिमीटेडको मिर्मीरे लघ ुविक्त बाट कर्जा लिएको र समयमा तिर्न नसकेको भन्दै उक्त लघु वित्तलका प्रबन्धक निर्देशकको निर्देशनमा लघु विक्तका कर्मचारी र समुहका केहि महिलाहरु प्रत्यक्ष उपस्थितमा हिजो विहानै देखि सपना रावतको घरमा धर्ना दिदै विभिन्न प्रकारका आक्षप सहित घरमा तालाबन्दी गरेको, घरमा अविभावक नभएको बेला वित्तिय संस्थाले निर्दाेष नाबालक छोरीलाई मानसिक तनाव दिएको र उक्त्त दुव्र्यवहार सहन नसकी रावतले घरमै भुण्डीएर आत्महत्या गरेको’ भन्दै क्रान्तिकारी संगठनले विरोध जनाएको छ ।
भुम प्रकाश वली संयोजक हस्ताक्षर विज्ञप्तीमा भनिएको छ । ̒यो घटना आत्महत्या नभएर विक्तिय संस्थाले अप्रत्यक्ष रुपमा गरेको हत्या नै हो । यो घटनाको अखिल क्रान्तिकारी सल्यानले घोर निन्दा गर्दछ’ ।
त्यस्तै हिमाल योगी इन्चार्ज र मोहन खडका उपाध्यक्ष रहेको हस्ताक्षर विज्ञप्तीमा भनिएको छ ̒मृतकका परिवारलाई उचित क्षेतिपुर्ती सहित दोषिलाई कानुनि कारबाहीको माग गरिएको छ’ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline