केयु उपकुलपतिमा पुनः माकाजू नियुक्त

केयु उपकुलपतिमा पुनः माकाजू नियुक्त

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौ ७ माघ ।  

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा रामकण्ठ माकाजूलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले माकाजूलाई नियुक्त गरेको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार माकाजूलाई आज नै नियुक्ति पत्र दिइने छ । लामो समयदेखि रिक्त पदमा दुई साताअघि उपकुलपति सिफारिस समितिले माकाजूसहित पाँचजनाको नाम सिफारिस गरेको थियो ।

गत मंसिर २६ देखि माकाजूको चार वर्षे कार्यकाल सकेपछि विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको थियो । शिक्षामन्त्री धनीराम पौडेल संयोजक रहेको तीन सदस्यीय सिफारिस समितिले माकाजू, भद्रमान तुलाधर, मनप्रसाद वाग्ले, भोला थापा र जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो ।

ऐनमा भने एकजनाको नाममात्र सिफारिस गर्नुपर्ने व्यवस्था रहेपनि पाँच जनाको नाम सिफारिस भएको थियो । माकाजू यसअघिको कार्यकालमा मेडिकल शिक्षामा बेथिति भित्र्याएको भन्दै विवादित बनेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ